logo
२०८१ बैशाख ८ शनिवार



लगानीको वातावरण सहज बनाउन आग्रह

मुख्य समाचार |


लगानीको वातावरण सहज बनाउन आग्रह


गोरखापत्र सामाचारदाता

काठमाडौँ, असार २ गते । कोभिड १९ महामारी र बन्दाबन्दीबाट प्रभावित नेपालको अर्थतन्त्र र रोजगारीको तीव्र विस्तार गर्न स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नेतर्पm विशेष ध्यान दिन निजी क्षेत्रले सरकारसमक्ष आग्रह गरेको छ ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग भेट गरी छिटो छरितो रूपमा सहज ढङ्गले लगानी गर्न सक्ने वातावरण बनाइदिन
आग्रह गरेको हो ।
देशमा सिर्जना हुने बेरोजगारीको अवस्थालाई ध्यानमा राख्दै औद्योगिक वातावरण तयार गर्न, उद्योग व्यवसाय विस्तार गर्न, स्वदेशी लगानीकर्तालाई उत्साहित गर्न र विदेशी लगानी भिœयाउन सजिलो बनाउन आग्रह गरिएको हो । परिसङ्घले आर्थिक, उद्योग–व्यवसाय कानुनमा रहेका झन्झटिला र असहज व्यवस्थालाई आवश्यकता अनुसार संशोधन, खारेज तथा निलम्बन गरी लगानीको वातावरण सिर्जना गर्नुपर्ने धारणा राखेको छ ।
परिसङ्घले विशेषगरी उद्योग निर्माणका लागि वातावरणीय अध्ययन ईआईए र आईईईका प्रावधान खुकुलो बनाउनुपर्ने, उद्योगका लागि भूमिमा लगाइएको हदबन्दी र उद्योगको वन क्षेत्रको भोगाधिकार सम्बन्धी व्यवस्थामा सुधार गर्नुपर्ने सुझाएको छ । त्यसैगरी स्वघोषणा गरेर विदेशबाट बैङ्किङ प्रणालीमार्फत नेपालमा आउने लगानीलाई सहजता प्रदान गर्नुपर्ने धारणा प्रस्तुत गरेको छ ।
त्यसैगरी उद्योग दर्ता प्रक्रियाका झन्झटिलो प्रक्रिया हटाई उद्योग विभागबाट तीन दिनभित्रमा स्वीकृतिको प्रक्रिया सकिनुपर्ने माग छ । परिसङ्घले लगानी बोर्डबाट गरिनुपर्ने सम्पूर्ण निर्णय १५ दिनभित्रमा गसिक्नुपर्ने व्यवस्था गर्न पनि सुझाएको छ ।
सम्भावित मौद्रिक तरलता अभावको सामना गर्न गैरआवासीय नेपालीलाई समेत पुँजी बजारमा लगानी गर्ने वातावरण तयार गर्न उपयुक्त हुने सुझाव पनि परिसङ्घको छ । ग्लोबल टेन्डरको न्यूनतम सीमा रु. १०० करोड रहेकोमा त्यसलाई बढाएर रु ३०० करोड गरिनुपर्ने सुझाव परिसङ्घको छ । भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले सुझावलाई सकारात्मक रूपमा लिई छलफलको माध्यमबाट कार्यान्वयमा जाने धारणा राख्नुभएको परिसङ्घले जनाएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?