logo
२०८१ बैशाख ८ शनिवार



अमेरिकी राजदूत बेरीले दिए धन्यवाद

मुख्य समाचार |


अमेरिकी राजदूत बेरीले दिए धन्यवाद


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २० गते । नेपालबाट अमेरिकी नागरिकको उद्धार गरी स्वदेश फर्काउन राम्रो पहल गरेको भन्दै नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपाललाई धन्यवाद दिनुभएको छ ।
नेपालमा रहेका ३०२ अमेरिकी नागरिकलाई मङ्गलबार अमेरिका पठाएलगत्तै उहाँले नेपाल सरकार लगायत विभिन्न निकायलाई धन्यवाद व्यक्त गर्नुभएको हो । “अमेरिकी नागरिकलाई फर्कने काममा सहयोग सद्भाव राख्नुहुने तपाईंहरू सबैलाई हाम्रो धेरै धेरै धन्यवाद,” उहाँले ट्विटर र भिडियो सन्देशमा भन्नुभएको छ । आतिथ्य सत्कारको महìवपूर्ण उदाहरण नेपालले प्रस्तुत गरेको भन्दै उहाँले परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नागरिक उड्डयन प्राधिकरण लगायतको सराहना गर्नुभयो । अलपत्र परेका पर्यटकलाई खाना खुवाउने व्यवसायी, सहयोग गर्ने गाइड समेतको उहाँले प्रशंसा गर्नुभयो ।
नेपाल र अमेरिकाको ७० वर्षे सम्बन्धको यात्रामा यसपटकको सहयोगले सहकार्यको जग झन् बलियो बनाएको अभिव्यक्ति राजदूत बेरीले भिडियो सन्देशमा दिनुभएको छ । अहिले घर फर्केर गए पनि पर्यटकका रूपमा पुनः नेपाल आउने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?