logo
२०८१ बैशाख ८ शनिवार



श्रमिकलाई राहत दिइने

मुख्य समाचार |


श्रमिकलाई राहत दिइने


गोरखापत्र समाचारदता

काठमाडौँ, चैत १६ गते । सरकारले दैनिक ज्यालादारी गरी जीविका चलाउने तथा न्यून आय भएकाहरूको लगत सङ्कलन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि आउजाउमा प्रतिबन्ध लगाएपछि प्रभावित बनेका मजदुर तथा न्यून आय भएकाहरूलाई राहत प्याकेज वितरण गर्न सो लगत सङ्कलन गर्न लागिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार मुलुकव्यापी रूपमा मजदुर तथा न्यून आय भएकाहरूको लगत सङ्कलन शनिबारदेखि सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले ‘लकडाउन’का कारण कोही पनि भौकै बस्न नपरोस् भन्ने उद्देश्यसहित सरकारले दैनिक ज्यालादारी गर्ने र न्यून आयआर्जन भएकाहरूको लगत सङ्कलन सुरु गरेको जानकारी
दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दैनिक ज्यालादारी गर्ने र न्यून आयआर्जन भएकाहरूको लगत सङ्कलन सुरु गरिएको छ । त्यस्तै कृषि तथा पशुपक्षी मन्त्रालयबाट कृषि क्षेत्रका श्रमिक र मजदुरको लगत सङ्कलन भइरहेको जानकारी मन्त्री यादवले दिनुभयो ।
उहाँका अनुसार दुई सातामा लगत सङ्कलन सम्पन्न गरिनेछ । सङ्कलित तथ्याङ्क विश्लेषणपछि सरकारले राहत घोषणा गर्नेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले लगत सङ्कलनपछि एकीकृत रूपमा राहत प्रदान गरिने जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?