logo
२०८१ बैशाख १३ बिहीवार



युवराज खतिवडा पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त

मुख्य समाचार |


युवराज खतिवडा पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २१ गते । राष्ट्रपति विद्या देवी भण्डारीले डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ । उहाँ आजै चार बजे शपथ ग्रहण गर्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि खतिवडालाई मन्त्री पदमा नियुक्त गर्न सिफारिश गर्नुभएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले उहाँलाई प्रधानमन्त्री ओलीले सम्हाल्नुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकिएको बताउनुभएको छ ।
अर्थमन्त्री खतिवडा राष्ट्रिय सभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछि मंगलबार मन्त्री पदबाट राजिनामा दिनुभएको थियो ।संविधानको धारा ७८ ले संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिशमा संघीय संसदको सदस्य नभएको कुनै पनि व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ । उक्त व्यवस्थाको उपधाराले नियुक्त मन्त्रीले शपथग्रहण गरेको छ महिनाभित्रै संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने व्यवस्था गरेको छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?