logo
२०८१ बैशाख ११ मंगलवार



नेपाल ट्रष्टको श्वेतपत्र जारी, कुल २१ हजार ५६२ रोपनी जग्गा

मुख्य समाचार |


नेपाल ट्रष्टको श्वेतपत्र जारी, कुल २१ हजार ५६२ रोपनी जग्गा
तस्बिरः विकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १३ गते । नेपाल ट्रष्टले अाफ्नाे  स्वामित्वमा हालसम्म देशभर १२ जिल्लामा २१ हजार ५६२ रोपनी जग्गा रहेको सार्वजनिक गरेको छ ।

यस वर्ष पौषसम्ममा नेपाल ट्रष्टको चल सम्पत्तितर्फ नेपाली रूपैयाँ ७८ करोड नौ लाख ७७ हजार पुगेको छ । यसैगरी अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र बेलायती पाउन्ड स्टर्लिङ ५० हजार १२४ समेत बैंकमा मौज्दात रहेको बताइएको छ ।

यस्तै, शेयरतर्फ नबिल बैंकको सेयर पाँच लाख ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको छहजार ७५० कित्तासमेत नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ ।

 नेपाल ट्रष्ट सञ्चालक समितिका अध्यक्ष रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार नेपाल ट्रस्टकाे श्वेतपत्र  सार्वजनिक गर्दै साे कुराकाे जानकारी गराउनु भएकाे हाे 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?