logo
२०८० चैत्र ६ मंगलवार



बालबालिकालाई सही र गलत छुवाइको ज्ञान

खुला |


बालबालिकालाई सही र गलत छुवाइको ज्ञान


यलु जोशी

काठमाडौँ, माघ ११ गते । ससाना बालिका आफ्नै घरमा पनि आफ्नो सुरक्षा गर्न सकिरहेका छैनन् । अनुसन्धानका विविध निष्कर्षअनुसार बालिकामाथि यौन हिंसा गर्ने प्रायः ठूला उमेरका आफन्त नै हुने गरेको पाइन्छ । त्यसैले बालिकालाई बाल्यकालदेखि नै अरूसँगको सम्बन्ध र यौनसम्बन्धी शिक्षाको ज्ञान दिन अति नै आवश्यक ठानिन्छ । अभिभावकले नै आफ्ना बालिकालाई यस्ता कुराको शिक्षा दिन आवश्यक रहेको बालमनोविज्ञले बताउनुहुन्छ ।
बालमनोविज्ञ गङ्गा पाठकका अनुसार बुबाभन्दा पनि आमाले आफ्ना सन्तानसँग केही समय दिएर यस्ता विषयमा खुलेर कुरा गर्नुपर्छ अनि मात्र बालिकाले सही र गलतका बारेमा बुझ्न सक्छन् । ‘‘यस्तो शिक्षाको ज्ञान हामी धेरै कम घरहरूमा मात्र देख्छाँैं’’, उहाँले गुनासो गर्दै भन्नुभयो, ‘‘प्रायः घरमा किताबी ज्ञानलाई मात्र बढी महìव दिने गरिन्छ ।” बालिकालाई किताबी ज्ञानको आवश्यकतासँगै बाहिरी र व्यावहारिक ज्ञानको पनि आवश्यक हुन्छ भन्दै पाठक थप्नुहुन्छ, ‘‘यस्ता ज्ञानले दुव्र्यवहार हुनबाट बच्न र बचाउन सकिन्छ ।’’
समयअनुसार बालबालिकालाई हामीले सही र गलत छुवाइ (गुड टच र ब्याड टच) बारे बताउनु आवश्यक हुन्छ । उहाँको विचारमा बच्चालाई सधँैं बच्चाजस्तो भएर सम्झाउनुपर्ने हुन्छ । महिला, बा(लबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा जबरजस्ती करणीबाट देशभर एक ४२० जना बालिका पीडित भएको घटना दर्ता भएको छ । अघिल्लो वर्ष यो सङ्ख्या गत आर्थिक वर्ष ९९५ थिए । जबरजस्ती करणीबाट पीडित हुने बालिकामध्ये २९८ (२०.९ प्रतिशत) जना १० वर्षमुनिका रहेका छन् । यता पाटन अस्पतालका मनोचिकित्सक विभागका प्रमुख डा. रवि शाक्यले भन्नुभयो, ‘‘छोरी घर बाहिर मात्र होइन घरभित्र पनि सुरक्षित छैनन् । जसले गर्दा बालिका मानसिक रोगको सिकार हुनु परेको छ ।’’
उहाँले विद्यालयको शिक्षामा पनि ‘गुड टच र ब्याड टच’ बारे बताउनुपर्ने सुझाव दिँदै सबैभन्दा ठूलो गल्ती भनेको यौन शिक्षाबारे ज्ञान नदिनु बताउनुभयो । विद्यालयमा बच्चालाई नाता सम्बन्धको मर्यादाका बारेमा बताइन्छ । तर महìवपूर्ण यौन शिक्षा तथा सही र गलत छुवाइबारे जानकारी दिन आवश्यक पर्ने सुझाव उहाँको छ ।
बाल मनोपरामर्शदाता इन्दु ढुङ्गानाले बच्चालाई यस्ता शिक्षाका बारेमा सम्झाउन एकान्त भन्दा पनि सबै भएको ठाउँमा सम्झाउनुपर्ने जानकारी दिँदै यसो गर्दा उनीहरूले सही र गलत छुवाइबारे राम्रोसँग सम्झने बताउनुभयो ।
उहाँले बच्चालाई नै देखाएर कता छुँदा के हुन्छ भने संवेदनशील अङ्ग भनेको कुन हो भन्ने ज्ञान दिनुपर्ने जानकारी दिनुभयो । हामीले बच्चासँग सधैँ साथीजस्तो व्यवहार गर्नुपर्छ । यस्तो व्यवहारले बालबालिकाले सबै कुरा अभिभावकलाई जानकारी दिन्छन् भन्दै ढुङ्गानाले थप्नुभयो, ‘‘बालबालिकालाई बचाउनु छ भने उनीहरूलाई बाल्यकालदेखि नै सही र गलत कुराको ज्ञान दिनुपर्छ ।’’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?