logo
२०८१ बैशाख ७ शुक्रवार

तस्बिरमा अमेरिकी संसद भवनमा भएकाे प्रदर्शन

अन्तर्राष्ट्रिय |
फोटो फिचर |


2021-01-07-29811


वासिङ्टन, पुस २३ गते। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बुधबार अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा हमला गरेका थिए ।
ट्र«म्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोध गर्नु भएको थियो । तर ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरुले दिनभरको रस्साकस्सीपछि साँझ पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाएका छन् ।
राष्ट्रपति ट्रम्पका समर्थकको आक्रमणपछि ट्रम्पको पक्षमा रहेका कैयौं सांसदले ट्रम्पको साथ छाडेको घोषणा गरेका छन् । वासिङ्टन डिसीमा ट्रम्पले आफ्ना समर्थकको एक र्यालीलाई सम्बोधन गरेलगत्तै उत्तेजक भिडले संसद भवनमा आक्रमण गरेको थियो । उनीहरुले क्यापिटोल बाहिर सुरक्षार्थ रहेका प्रहरीका “ब्यारिकेड”लाई छिचोल्दै भित्र प्रवेश गरेका थिए ।
उत्तेजक भिडका कैयौं सदस्य संसद भवनभित्र प्रवेश गरेर तोडफोड गर्नुका साथै संसदीय प्रक्रियालाई अबरुद्ध बनाएका थिए । साथै प्रदर्शनकारीमध्ये केहीले सभामुख नान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर उहाँको कुर्सीमा बसेर तस्वीर समेत खिचाएका थिए ।