logo
२०८० चैत्र १५ बिहीवार



अमेरिकामा कोरोना भाइरसका सङ्क्रमित घटे – राष्ट्रपति ट्रम्प

अन्तर्राष्ट्रिय |


अमेरिकामा कोरोना भाइरसका सङ्क्रमित घटे – राष्ट्रपति ट्रम्प


वासिङ्टन, जेठ ५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या घटेको बताउनुभएको छ । उहाँले शनिबार कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिनुभएको हो ।

राष्ट्रपति ट्रम्पले भन्नुभएको छ – अमेरिकाभरमा कोरोना भाइरसको सङ्क्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भए पनि आशा जागेको छ । उहाँले शनिबार आफ्नो ट्विटर अकाउन्टमा लेख्नुभएको छ – यो धेरै राम्रो समाचार हो कि अमेरिकाभरमा कोरोना भाइरसको सङ्क्रमणमा कमी आएको छ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएअनुसार त्यहाँ १४ लाख ८६ हजार ४२३ जना सङ्क्रमित छन् । साथै यहाँ ८९ हजार ५५० जनाको ज्यान गएको छ । अप्रिलमा अमेरिकामा दैनिक कम्तीमा ३६ हजार जना सङ्क्रमित हुने गरेकोमा अहिले भने त्यसमा उल्लेख्य कमी आएको बताइएको छ । रासस/एएनआई

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?