logo
२०८१ बैशाख ८ शनिवार



काेराेना भाइरसबाट निकाे हुने बढे, एक हजार ९६ जना सङ्क्रमित थपिए

स्वास्थ्य |


काेराेना भाइरसबाट निकाे हुने बढे, एक हजार ९६ जना सङ्क्रमित थपिए


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २१ गते । नेपालमा कोरोना भाइरसका एक हजार ९६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४० हजार ९८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा आठहजार तीनसय जनाको आरटी पीसीआर नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

हाल १३ हजार ५८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म १७ लाख ८४  हजार ५१९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ७५२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख २५ हजार ८०५ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । काेराेना भाइरसबाट ९३.७ प्रतिशत निकाे भएका छन् ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५९४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ५३६ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?