logo
२०८१ बैशाख १२ बुधवार



एक हजार ४७७ जना सङ्क्रमित थपिए, कुल दुई लाख नौ हजार ७७६

स्वास्थ्य |


एक हजार ४७७ जना सङ्क्रमित थपिए, कुल दुई लाख नौ  हजार ७७६


गोरखापत्र अनलाइन 
काठमाडौं, कात्तिक ३० गते । नेपालमा कोरोना भाइरसका एक हजार ४७७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ४७७ जना सङ्क्रमित थपिएको र दुई हजार ७९८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख नौ हजार ७७६ पुगेको जनाएको छ । हाल ३५ हजार १२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ७३ हजार ४३०  जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २२१ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?