logo
२०८१ बैशाख ११ मंगलवार



कोरोना कोषका लागि स्वास्थ्यकर्मीको पारिश्रमिक काटिएको छैन : प्रवक्ता

स्वास्थ्य |


कोरोना कोषका लागि स्वास्थ्यकर्मीको पारिश्रमिक काटिएको छैन : प्रवक्ता


गोरखापत्र अनलाइन
काठमाडौं चैत २८ गते । स्वास्थ्य मन्त्रालयले सरकारले स्थापना गरेको काेरोना नियन्त्रण कोषमा कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मीको तलब कट्टा नगरेको स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुरा बताउनुभएको हो ।

उहाँले मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कुनै पनि स्वास्थ्यकर्मीको पारिश्रमिक नकाटेको र काट्न पनि निर्देशन नगरिएकाले ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो ।

केही सञ्चार माध्यमले कोरोनासँगको लडाइँको यो जटिल घडीमा काम गरिरहेका चिकित्साकर्मीलाई थप प्रोत्साहन गर्नु पर्नेमा पारिश्रमिक पनि कटौती गरिएको भन्ने खालका समाचार सार्वजनिक भईरहेको सन्दर्भमा मन्त्रालयले सो कुरा स्पष्ट पारेको हो ।

पत्रकार सम्मेलनकाे भिडियाेका लागि यहाँ क्लिक गर्नुहाेला 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?