logo
२०८० चैत्र १५ बिहीवार



बिरामी बोकेको एम्बुलेन्स त्रिशुली नदीमा खस्यो, पाँच जना घाइते, एक गम्भीर

फिचर |


बिरामी बोकेको एम्बुलेन्स त्रिशुली नदीमा खस्यो, पाँच जना घाइते, एक गम्भीर


शालिग्राम नेपाल
चितवन, भदौ १६ गते । काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदैगरेको एम्बुलेन्स आज बिहान त्रिशुली नदीमा खस्दा पाँच जना घाइते भएका छन् । ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट ५० मिटर तल त्रिशुली नदी किनारमा खस्दा पाँच जना घाइते भएका हुन् । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउपालिका-३ पानीधाराबाट बिहान ५ः१५ बजे त्रिशुली नदीमा एम्बुलेन्स खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

दुर्घटना भएपछि फिस्लिङबाट गएको प्रहरीले टोलीले घाइते सबैलाई उद्धार गरी भरतपुर पठाएको छ । उनीहरूको भरतपुरका अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेहरूमा झापा गौरीगन्ज गाउँपालिका-१ बस्ने २८ वर्षीय एम्बुलेन्स चालक सरोज दाहाल, सर्लाही बरहथवा नगरपालिका-२ बस्ने ५० वर्षकी क्यान्सर बिरामी दिलमाया राना मगर, सोही नगरपालिकाका १५ वर्षीय बाधे राना मगर, २६ वर्षीय मेककुमारी राना मगर, ३४ वर्षीय नरबहादुर मगर रहेका छन् । घाइतेमध्ये बाधे रानामगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?