logo
२०८१ बैशाख ८ शनिवार



कोरोनाविरुद्ध फेरि कडाइ, खुल्ला नाकाहरू पूर्ण बन्द

फिचर |
खुला |


कोरोनाविरुद्ध फेरि कडाइ, खुल्ला नाकाहरू पूर्ण बन्द



प्रदेश ५ ब्यूरो
बुटवल, साउन २६ गते । कोरोनामुक्त हुने अन्तिम चरणमा पुगेर पनि फेरि जोखिम देखिएको प्रदेश ५ का विभिन्न जिल्लाहरूमा फेरि कडाइ गर्न थालिएको छ । लकडाउन खुकुलोसँगै फेरि उच्च चोखिममा परेका बाँके, रुपन्देहीलगायत जिल्लाहरूमा जिल्ला प्रशासन र स्थानीय सरकारहरूले कडाइ गर्दै उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन् ।

समुदायस्तरमै सङ्क्रमण देखिन थालेपछि रुपन्देहीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म पसल खुल्ला गर्ने निर्णय गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेश पन्थका अनुसार जिल्लामा बेलहिया बाहेकका सबै नाकाहरूमा आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

केन्द्रको बैठकले शङ्कास्पद व्यक्तिलाई राख्न प्रत्येक पालिकामा क्वारेन्टाइन व्यवस्थापन गर्न निर्देशन दिएको छ । यस्तै जिल्लाका कुनै पनि स्थानमा हाट बजार सञ्चालन गर्न रोक लगाइएको छ ।
प्रजिअ पन्थले बढी भिडभाड हुने, भेला, सम्मेलन, भोज भतेरलगायत कार्य नगर्न/नगराउन पनि सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?