logo
२०८० चैत्र १५ बिहीवार



सभामुख सापकोटाको अगुवा सुरक्षाकर्मीमा कोरोना पुष्टि

खुला |


सभामुख सापकोटाको अगुवा सुरक्षाकर्मीमा कोरोना पुष्टि



लक्की चौधरी
काठमाडौँ, साउन १७ गते । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको सुरक्षार्थ खटिनुभएको अगुवा गाडीका एकजना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएकाे छ ।

प्रहरी हेडक्वार्टरमा कार्यरत एकजना साथीमा कोरोना देखिएपछि सभामुखको सुरक्षार्थ अगुवा गाडीमा खटिनुभएका सुरक्षाकर्मीको पनि स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुखको सुरक्षार्थ खटिनुभएको थियो ।

उहाँको परीक्षणकाे परिणाम पोजिटिभ देखिएपछि सुरक्षार्थ खटिनुहुने अन्य सुरक्षाकर्मीको पनि कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाइएको सचिवालयका एक सदस्यले बताउनुभयो । सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि सभामुख सापकोटाको पनि स्वाब परीक्षण गरिने नाम नबताउने सर्तमा सचिवालयका सदस्यले जानकारी दिनुभयो । सभामुखको सचिवालय सदस्य तथा सुरक्षार्थ खटिने सबै सुरक्षाकर्मीलाई कोरोना फैलिन नदिनेबारे सचेत गराइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?