logo
२०८० चैत्र १६ शुक्रवार



प्रारम्भिक नतिजामा उपत्यकामा सङ्क्रमण समुदायस्तरमा फैलिएको पाइएन: स्वास्थ्य प्रवक्ता

फिचर |
स्वास्थ्य |


प्रारम्भिक नतिजामा उपत्यकामा  सङ्क्रमण समुदायस्तरमा फैलिएको पाइएन: स्वास्थ्य प्रवक्ता


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २२ गते । काठमाडौँ उपत्यका कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा नफैलिएको बताइएको छ ।

कोरोना भाइरस सङ्क्रमण फैलिएको छ कि छैन भनी स्वास्थ्य मन्त्रालयले गरेको प्रारम्भिक परीक्षणमा सबैको नेगेटिभ पुष्टि भएकाे हाे ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले राजधानीका विभिन्न १० स्थानमा लिइएका स्वाबमध्ये प्रारम्भिक रुपमा गरिएको परीक्षणको नतिजा सबै नेगेटिभ आएको बताउनुभएको हो ।

काठमाडौँको तीनकुने र ललितपुरको नख्खु टोलमा लिइएका २२८ जनाको स्वाबमा कोरोना भाइरस सङ्क्रमण नदेखिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?