logo
२०८१ बैशाख ८ शनिवार



भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो

फिचर |
अन्तर्राष्ट्रिय |


भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो


नयाँ दिल्ली, जेठ ६ गते । गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यससँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा सोमबार एकैदिन १३४ कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ३ हजार १६३ जना पुगेको छ । यसको सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार १३९ पुगेको छ । यस सङ्क्रमणबाट निको भएका बिरामीको सङ्ख्या ३९ हजार १७४ जना रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक सङ्क्रमित भएका छन् । यहाँमात्र ३५ हजार ५८ नागरिक कोरोना भाइरस सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमणबाट महाराष्ट्रमा एक हजार २४९ जनाको मृत्यु भएको छ ।
महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ ११ हजार ७६० जनामा कोरोना भाइरसको सङ्क्रमण रहेका छन् । गुजरातमा ११ हजार ७४५ सङ्क्रमित रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?