logo
२०८१ बैशाख १२ बुधवार



फ्रान्सबाट संक्रमित युवतीसँग आएका इलामका दुईमा भाइरस देखिएन  

फिचर |
समाज |


फ्रान्सबाट संक्रमित युवतीसँग आएका इलामका दुईमा भाइरस देखिएन  



प्रेम अधिकारी
पशुपतिनगर(इलाम) चैत्र २८ गते । फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती सँगै नेपाल आएका इलामका दुई जना युवाको स्वाब परीक्षणमा भाइरस फेला नपरेको बताइएको छ ।
जिल्ला स्तरीय कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिका सूचना अधिकारी पोर्तेलले इलाममा हालसम्म कोराना संक्रमित बिरामी नभेटिएको बताउनुभएको हो ।

यसैगरी, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि इलाममा ११ बेडको आइसोलेसन उपचार कक्ष निर्माण गरिएको छ । इलाम नगरपालिकाकोे इलाम बजार नजिक रहेको जिल्ला समन्वय समितिको भवनमा आइसोलेसन उपचार कक्ष निर्माण गरिएको हो ।

५० शैयाको इलाम अस्पतालमा दुई बेडको आइसोलेसन उपचार कक्ष बनाए पनि नपुग्ने भएपछि नौ बेड थप गरिएको छ । जिल्ला समन्वय समितिको नयाँ भवनमा अक्सिजन, भेन्टिलेटर सहितको ९ बेडको आइसोलेसन कक्ष निर्माण गरिएकोे जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जानकारी दिनुभयो ।

जिल्लामा स्वास्थ्यकर्मीका लागि ८० थान पी.पी.ई. उपलव्ध गराइसकेको समितिले जनाएको छ । आइसोलेसन कक्ष व्यवस्थापनको काम सकिएको र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी समेत तयारी अवस्थामा राखिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिनुभयो ।

अस्पतालले ¥यापिड रेस्पोन्स टिम बनाइएको छ । उपचारमा खट्ने ¥यापिड रेस्पोन्स टिममा अस्पतालका मेडिकल अधिकृत, स्टाप नर्स सहित चार जनाको टोली छ । कोभिड–१९ को संक्रमित देखिए तत्काल उपचारका लागि अस्पताल लैजानका लागि एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?