logo
२०८१ बैशाख ८ शनिवार



चौथो दिन पनि कोरोना संक्रमण शुन्य, परीक्षणको दायरा बढाइँदै

फिचर |
स्वास्थ्य |


चौथो दिन पनि कोरोना संक्रमण शुन्य, परीक्षणको दायरा बढाइँदै


सरोज ढुंगेल
काठमाडाँैं, चैत २६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोगको निदानका लागि परीक्षणको दायरा बढाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पहिले केन्द्रीय प्रयोगशालाबाट मात्रै कोरोना परीक्षण हुने गरेकोमा अहिले यसको दायरा बढाएर देशव्यापी बनाइएको छ ।
प्रवक्ता देवकोटाले देशभरमा हालसम्म दुई हजार ३६० जनाको नमूना परीक्षण भएको जानकारी दिँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजार ९६५ र उपत्यकाबाहिर ४०१ जनाको नमुना परीक्षण भएको बताउनुभयो । उहाँले बुधबारमात्र थप ८० जनाको नमुना परीक्षण भइरहेको जानकारी दिनुभयो ।
प्रवक्ता देवकोटाका अनुसार देशभर पछिल्लो चार दिनमा गरिएका नमूना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कैलाली र कञ्चनपुरमा शीघ्र परीक्षण (¥यापिड टेस्ट) किटबाट १९८ जनाको परीक्षण भएको छ । दीपायलमा पनि शंकास्पद व्यक्तिको नमूना सङ्कलन भइरहेको छ ।
डा. देवकोटाले अछाम, जुम्ला, सुर्खेतलगायतका स्थानबाट हिजो ८०२ जनाको नमूना सङ्कलन भई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएको बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभरका विभिन्न १० स्थानबाट परीक्षण भइरहेको छ । बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल धनगढी, हेटौँडा, भैरहवा र चितवनबाट नमुना परीक्षण भइरहेको छ । नेपालमा हालसम्म नौ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?