logo
२०८१ बैशाख १३ बिहीवार



खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई घर पठाइयो   

फिचर |
समाज |


खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई घर पठाइयो   



भक्तपुर, चैत २४ गते । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई आज घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।    
    
 यहाँ रहेका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पु¥याउने गरी आज पठाइएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले खरिपाटीको क्वारेन्टाइनमा रहेका उपत्यकाभित्रका २६ सहित कूल ७३ जनालाई आज घर फर्काइएको जानकारी दिनुभयो ।    
    
 घर फर्काउन नेपाली सेनाका दुई र सार्वजनिक यातायात दुई गरी चारवटा बसमा हालेर काठमाडौँ, चितवन, झापा, बुटवल, नेपालगञ्ज, मुग्लिङ, पोखरा, बनेपा र पाँचखाल पठाइएको कर्णेल पौडेलले बताउनुभयो । उनीहरुलाई बसमा खानाका लागि खानेकुरासमेत पठाएको जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?