logo
२०८१ बैशाख ८ शनिवार



सरकारी कार्यालयका सबै नियमित सेवा बन्द, कर्मचारी हाजिर हुनु पर्ने

पढ्नै पर्ने |


सरकारी कार्यालयका सबै नियमित सेवा बन्द, कर्मचारी हाजिर हुनु पर्ने


इश्वरचन्द्र झा

काठमाडौं, चैत्त ९ गते । देशभरिका सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका नियमित सेवा आजबाट बन्द हुँदैछन् । जिल्ला र प्रदेशस्थित सरकारी कार्यालयले नियमित सेवा आजबाट चैत्त २१ गतेसम्मका लागि सेवा बन्द गर्ने जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी जीवलाल भूषालले प्रधानमन्त्रीको सम्बोधन बमोजिम नै कार्यालयले दिने सेवाहरु स्थगित गरिएको बताउनुभयो । उहाँले कार्यालय सञ्चालनमा रहने र कर्मचारी समेत नियमित आउनुपर्ने थप प्रष्ट्याउनुभयो । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी अत्यावश्यक बाहेकको सेवाहरु तात्कालका लागि बन्द गरिएको जनाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकता र राहदानी बनाउने, वडा र स्थानीय निकायले सिफारिश गर्ने तथा मालपोतमा जग्गा नामसारी, दत्र्ता प्रमाण पत्र दिने जस्ता सेवाहरु हालका लागि स्थगित गरिएको खुलाउनुभयो । जिल्ला प्रशासन कार्यालय, धनुषाले आइतबार सूचना प्रकाशित गरी अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको जनाएको छ । यद्दपी विद्युतीय माध्यमबाट हुने काम पूर्वरत् सञ्चालन हुने प्रजिअ निरौलाले बताउनुभयो ।

जिल्ला प्रशासन, मालपोत, यातायात व्यवस्थासहितका कार्यालयहरुमा दैनिक रुपमा सयौं सेवाग्राही सेवा लिन उपस्थित हुँदै आएका छन् । सेवाग्राहीको भिडले कोभिड–१९ को संक्रमण फैल्ने सम्भावना उच्च रहँदा भिडभाड नहुने गरी नियमित कामकाज स्थगित गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी भूषाले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गर्नुभएको सम्बोधनमा सबै सरकारी कर्मचारीहरु र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरुले यथावत् रुपमै आ आफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्न आग्रह गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?