logo
२०८१ बैशाख १३ बिहीवार



बन्दाबन्दीले विश्व नृत्य दिवस घरमै सीमित

मनोरञ्जन |


बन्दाबन्दीले विश्व नृत्य दिवस घरमै सीमित
सांकेतिक तस्बिर


यलुु जाेशी 
काठमाडौँ, वैशाख १७ गते । विश्वब्यापी फैलिएको कोरोना भाइरस( कोविड १९ )को बन्दाबन्दीका कारण नृत्य दिवस बनाउन सकिएन । अन्तर्रा्ष्ट्रिय तथा विश्व नृत्य दिवस अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष अप्रिल महिनाको २९ तारिखको दिनमा संसारभर नृत्यसम्बन्धी विभिन्न कार्यक्रम गरी विश्वस्तरमा मनाइने गरिन्छ । तर प्रतिकूल वातावरणले यो वर्ष भने नृत्य दिवस मनाएन ।
नृत्य निर्देशक सङ्घका अध्यक्ष सञ्जय राजोपाध्यायले भन्नुभयो, “नेपालमा पनि नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएको छ । औपचारिक रूपमा दिवस मनाउन नसकिए पनि घरमै नृत्यको अभ्यास गरी मनाइयो ।’’
उहाँले लोकनृत्यलाई जात्रा पर्वको नृत्य नभई यसलाई पनि पाठ्यक्रममा समावेश गर्नुपर्छ । नवदुर्गा, चर्या, लाखे, धिमे, तामाङ शेलो जस्ता लोकनृत्यलाई विकास गर्नुपर्ने पनि उहाँले जोड दिनुभयो ।
यस्तै अभिनेत्री तथा नृत्याङ्गना मिथिला शर्माले नृत्य भनेको कला मात्र नभएर स्वास्थ्यको हिसाबले पनि राम्रो हुने भन्दै यो पटक घरमै सीमिति भयो भन्नुुभयो ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेशनल थिएटर इन्ष्टिच्युटको अन्तर्र्रािष्ट्रय नृत्य समितिले सन् १९८२ मा पहिलो पटक यो दिवस मनाएको थियो । त्यसपछि अन्तर्र्रािष्ट्रय नृत्य परिषदले यो दिवसको प्रवद्र्धन गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?