logo
२०८० चैत्र १५ बिहीवार



सहकारी दिवसमा कोरोना नियन्त्रण केन्द्र स्थापना

खुला |


सहकारी दिवसमा कोरोना नियन्त्रण केन्द्र स्थापना


गोरखापत्र समाचारदाता
काठमाडौं, चैत २० गते । राष्ट्रिय सहकारी दिवसको अवसरमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा स्थापना भएको उक्त केन्द्रलाई बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मााकुमारी अर्यालले शुभारम्भ गर्नुभएको हो । उहाँले सहकारी सेवामूलक संस्था हुन् भन्ने पहिचान दिनका लागि कोरोना उपचार केन्द्रको स्थापना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो सहकारीद्वारा सञ्चालित अस्पताललाई अधिकतम् प्रयोग गर्ने, केन्द्रीय स्तरमा कोरोना रोकथाम केन्द्र स्थापना गर्ने लक्ष्यका मनमोहन अस्पताल छनोट गरिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,“सहकारीहरु जनताकै घरदैलोमा पुगेर सेवा दिने संस्था हुन् । देश संकटमा परेको बेला सहकारीले आफ्ना सदस्यमार्फत कोरोनाबाट नआत्तिन, सचेत रहन, सम्भावित जोखिम पहिचान गर्न जनतालाई सहयोग गर्न सक्छन् र गरिरहेका पनि छन् । त्यसैको उदाहरण यो केन्द्रको शुभारम्भ हो ।”

विश्व नै संकटमा परेको बेला नेपालमा लगाइएको लकडाउनका कारण जोखिम कम गर्न सजिलो भएको भन्दै उहाँले जनतामा केही अप्ठ्यारो परेपनि यसबाट फाइदा पुग्ने भएको नआत्तिन आग्रह गर्नुभयो । उहाँले कोरोना नियन्त्रण सहकारी केन्द्रमा सेवा लिन र सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

केन्द्रलाई भेन्टिलेटर, पिपिई लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । सहकारी व्यवस्थापन समितिका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारी अभियानको ऐक्यबद्धतामा उक्त सेन्टरको स्थापना गरिएको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?