logo
२०८१ बैशाख ६ बिहीवार



पर्यटकीय क्षेत्रका होटल : सौराहमा आधा, पोखरामा १०% खुला

अर्थ |


पर्यटकीय क्षेत्रका होटल : सौराहमा आधा, पोखरामा १०% खुला


शालिग्राम नेपाल

चितवन, साउन १६ गते । लकडाउनका कारण चार महिनादेखि बन्द भएका चितवनका पर्यटकीय क्षेत्रका होटल बिहीबारबाट खुला भएका छन् । तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको सौराहा क्षेत्रका होटल बिहीबार ५० प्रतिशत खुला भएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले भन्नुभयो, “अब यहाँका होटल खुला भएका छन्, आएर बस्न सामान्य कार्यक्रम गर्न सकिन्छ, ५० प्रतिशत होटल अहिले खुलेका छन् । ”
पार्क सफारीका सञ्चालक महेश खनालले होटल खुला भएकै दिन २० वटा कोठा बुक भएको बताउनुभयो । बैठकका लागि बुक भएको छ, उहाँले भन्नुभयो, “यस्तो कोरोनाको कहरबीच पनि उत्साह छाएको छ । ” आज खुला भएकै दिन केही बुक भएका हुन्, नोभेम्बरका लागि पनि बुक भएको छ, हाम्रा लागि यो उत्साह हो । घरमा बस्दा दिक्क लागेर होटलमा बस्ने भन्दै आउने छन् । सङ्घसंस्थाका बैठकका लागि बुक भएको छ ।

नाफाभन्दा घाटा बढी

रमेश पौडेल/तारा चापागाईं दुवे

पोखरा, साउन १६ गते । कोभिड–१९ विरुद्ध आवश्यक मापदण्ड बनाएर पोखराका १० प्रतिशत मात्र होटल, रेस्टुरेन्ट सञ्चालनमा आएका छन् । बन्दाबन्दी खुले पनि लामो दूरीका सवारीसाधन नचलेको, हवाई यातायात बन्द रहेको हुँदा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड भने अझै सुनसानप्रायः छ । यहाँका करिब साना होटल मात्र बिहीबारदेखि सञ्चालनमा आएको पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । पश्चिमाञ्चल होटल सङ्का अध्यक्ष विकल तुलाचनले साना होटल खुले पनि ठूला तत्काल खोल्ने अवस्था नरहेको बताउनुभयो ।
ठूला होटल सञ्चालन गर्दा लागि धेरै आर्थिक व्ययभार थपिन्छ । मौद्रिक नीति जारी गरे पनि कर्जा प्राप्तिको सुनिश्चितता छैन, होटल मर्मतसम्भार कर्जा चाहियो, कर्मचारीलाई तलब खुवाउनुप¥यो । यीलगायत थुप्रै समस्या छन् । ”
अध्यक्ष तुलाचनले सङ्क्रमण दिनानुदिन बढिरहेकाले सन्त्रास बढेर पनि होटल सञ्चालनमा उत्साह थप्न नसकेको बताउनुभयो । अफ सिजन छ, ४÷५ प्रतिशत अकुपेन्सी पनि भएन भने चलाएर मात्र के गर्नु ? होटल वाराहीका अपरेसन म्यनेजर बुद्धि शर्माले भन्नुभयो ।
होटल क्राउन ग्रान्डका जनरल म्यानेजर रोशन खवासले पनि सरकारले अनुमति दिए पनि होटल सञ्चालन गर्ने अवस्था नरहेको बताउनु भयो । एकातिर गेस्ट आउने अवस्था छैन भने अर्कातिर स्वस्थ रहेर सेवा दिनुपर्ने बाध्यता छ । को कहाँबाट कसरी आएको छ सबै थाहा हुँदैन । त्यसैले तत्काल खोल्ने सोचमा छैनौँ, उहाँले भन्नुभयो ।
त्यसैगरी होटल साङ्ग्रिला भिलेज रिर्सोटका आवासीय प्रबन्धक गुप्ता गिरीले पाहुना आउने अवस्था सिर्जना नभएसम्म खोलेर अर्थ नरहेको भए पनि खोल्दै नखोल्न पनि नभएको बताउनुभयोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?