logo
२०८१ बैशाख ८ शनिवार



लकडाउनः पोल्ट्री व्यवसाय मारमा

अर्थ |


लकडाउनः पोल्ट्री व्यवसाय मारमा


केदार मगर

खोटाङ, चैत २२ गते । कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ । अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि ती क्षेत्रका व्यवसायी मारमा परेका हुन् ।
‘लकडाउन’का कारण हाल जिल्लाका ९÷१० जना अण्डा उत्पादक व्यवसायी र ४० भन्दा बढी ब्रोइलर कुखुरा व्यवसायीले उत्पादन गरेको मासु तथा अण्डाको किनमेल ठप्प भएको पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष सुवास जोशीले जानकारी दिनुभयोे । “दैनिक २० क्यारेट अण्डा र ३०० केजी मासु बिक्री हुने गथ्र्यो”, उहाँले भन्नुभयो, “दिक्तेल बजारमा हाल अण्डा तथा मासु बिक्री वितरण ठप्प भएको छ ।”
करीब १२ हजार वटा तयारी खुकुरा खोरमै राखिएको व्यवसायीहरुले बताएका छन् । अवधि पुगेको र मासुका लागि तयारी भइसकेको कुखुराले दाना मात्र खर्च गरिरहेको त्रिशक्ती पोल्ट्री फर्मका सञ्चालकसमेत रहनुभएका सङ्घका अध्यक्ष जोशीले बताउनुभयो । सीमित अवधिभित्र उपयोग गरिसक्नुपर्ने अण्डा तथा मासुलाई लामो समयसम्म मौज्दातमा राख्दा खेर फाल्नुपर्ने अवस्था आउने सङ्घका अध्यक्ष जोशीले बताउनुभयो । “सीमित अवधि भएका अण्डा खेर जाने अवस्था भएपछि कतिपय व्यवसायीले सस्तो मुल्यमा र कतिपयले आफन्त तथा छिमेकीलाई सित्तैमा दिने गरेका छन्”, उहाँले भन्नुभयो, “लकडाउन हाम्रो जीवनकै सवालमा छ, हाम्रो लागि हो । तर व्यवसायिक हिसाबले पोल्ट्री व्यवसायीलाई एकदमै तनाब बनाएको छ ।”
जिल्लामा हाल कुखुराका लागि दानाको पनि अभाव व्यवसायीहरुले बताएका छन् । ‘लकडाउन’को अवधिमा ढुवानीका सवारी साधन नचलेको तथा दाना उत्पादक उद्योग नै बन्द रहेकाले जिल्लामा दानाको समेत अभाव शुरु भएको रुपाकोट पोल्ट्री फार्मका सञ्चालक राम बजगाइँले बताउनुभयो । व्यवसायीका अनुसार उत्पादन भएको अण्डा २० दिनदेखि महिना दिनभित्र उपयोग गरिसक्नुपर्ने हुन्छ । यस्तै, करीब ४० दिनदेखि बजारमा पु¥याउनुपर्ने कुखुरा ६०–७० दिनभित्र बिक्रीवितरण गरिसक्नुपर्ने हुन्छ ।
अण्डाका लागि दिक्तेलमा करीब पाँच हजार लेयर्स कुखुरा पालिएका छन् । दिक्तेल बजारमा पालिएका लेयर्सबाट करीब दैनिक १९ काटन अण्डा उत्पादन हुने गरेको व्यवसायीहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?