logo
२०८० चैत्र १६ शुक्रवार



कर्णाली प्रदेश सरकार–महासङ्घ समझदारी

अर्थ |


कर्णाली प्रदेश सरकार–महासङ्घ समझदारी


 सुर्खेत, फागुन २ गते ।  कर्णाली प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्न समझदारी भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी तथा महासङ्घका अध्यक्ष भवानी राणाले बिहीबार यहाँ आयोजित कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
समझदारी पत्रमा सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले बजेटको व्यवस्था गर्नुका साथै कार्यक्रमको अनुगमन, निरीक्षण र मूल्याङ्कन गर्नेछ भने महासङ्घले कार्यक्रम कार्यान्वयन गर्ने, माग भएका कार्यक्रमलाई मन्त्रालयसमक्ष पु¥याउन सहजीकरण गर्ने, लगानीकर्ताको छनोट र प्राविधिक सहयोग गर्ने उल्लेख छ । सो अवसरमा सचिव भारीले प्रदेश सरकारले कृषि विकास, पर्यटन प्रवद्र्धनलगायतका क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो । यसैबीच, अध्यक्ष राणाले कर्णालीमा सम्भावनाको खानी हुँदाहँुदै पनि विकास हुन नसक्नु दुःखद् भएको बताउनुभयो । उहाँले बिहीबार रु ३५ लाख २९ हजार लागतमा सम्पन्न भएको महासङ्घको प्रदेश भवनको उद्घाटन गर्दै भन्नुभयो “कर्णालीको विकास निजी क्षेत्रको उत्साहजनक सहभागिताबिना सम्भव छैन । ” महासङ्घका केन्द्रीय कोषाध्यक्ष निरक केसीले पूर्वाधार विकासका लागि आफूहरु सरकारसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
कर्णालीमा कुष्ठरोगका ८९ बिरामी फेला
आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेशमा कुष्ठरोगका ८९ नयाँ बिरामी फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका अनुसार अघिल्लो वर्षको भन्दा गत आव २०७५÷७६ मा कम नयाँ बिरामी फेला परेका हुन् । निर्देशनालयले सुर्खेतमा २२ ,जाजरकोटमा १९, जुम्लामा पाँच, हुम्लामा दुई, डोल्पामा दुई जना फेला परेका जनाएको छ । त्यस्तै, दैलेखमा नौ, कालीकोटमा सात, मुगुमा पाँच, रुकुम पश्चिममा सात, सल्यानमा ११ गरी प्रदेशभर ८९ नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । स्वास्थ्य निर्देशक रीता भण्डारी जोशीले कुष्ठरोग वर्षेनि न्यूनीकरण हुँदै गए पनि निर्मूल हुन नसकेको बताउनुभयो । यसले छाला र नशामा असर गर्ने भएकाले सतर्कता अपनाउन उहाँको सुझाव छ । गाउँघरमा अझै पनि कुष्ठरोगको लक्षण देखिएमा लुकाउने प्रवृत्ति रहेको भन्दै निर्देशक जोशीले नियमित र समयमै औषधि सेवन गरे निराकरण हुने बताउनुभयो ।
साइनिङ अस्पताल, सुर्खेतका प्रमुख मङ्गल चौधरीले कर्णालीमा कुष्ठरोग निराकरण सकारात्मक गतिले अघि बढेको बताउनुभयो । अस्पतालले कर्णालीका कुष्ठरोगका बिरामीको निःशुल्क उपचार गर्दै आइरहेको छ । आइएनएफले मुलुकभर तीन हजार २८२ नयाँ कुष्ठरोगका बिरामी फेला परेकामध्ये सबैभन्दा बढी प्रदेश नम्बर २ मा एक हजार ४८४ थपिएका जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?